यूकेको मोडलिङमा नेपाली नर्स

शिव भण्डारी
लन्डन ।

बेलायतकी एकजना नेपाली नर्स प्रसुना कंडेल रुल दि रनवे यूके मोडलिङ प्रतियोगितामा छानिएकी छन् । तीन अडिसन पार गरेर उनी अन्य २४ जनासहित आगामी फेब्रुअरी २०१६ मा यूकेको बर्मिङ्ममा हुने प्रतियोगिताका लागि छानिएकी हुन् ।pr2

भोटिङका लागि तलको लिंकमा जानुहोस् http://woobox.com/qx3wsy/gallery/WI3VOUEreXE

रुल दि रनवे यूकेले संसारभरका मोडल तथा डिजाइनरहरुका लागि प्लेटफार्म प्रदान गर्ने गर्छ । यतिखेर उक्त प्रतियोगिताका लागि अनलाइन भोटिङ शुरु भइरहेकाले प्रतिष्पर्धी कंडेलले आफूलाई भोट गरिदिन आग्रह गरेकी छिन् । आगामी जनवरी ४ सम्म एउटा व्यक्तिले प्रत्येक दिन भोट गर्न सक्ने कंडेलले जनाइन् । विभिन्न आइपीबाट पनि भोट गर्न सकिनेछ । आफ्नो लिंकलाई सामाजिक सञ्जालमा सकेसम्म शेयर गरेर सहयोग गरिदिन उनको अपिल छ । प्रतियोगितामा उपाधि जिते त्यसले नेपाल र नेपालीकै चिनारी हने विश्वास प्रसुनाले व्यक्त गरेकी छिन् ।

पेशाले नर्स उनी नेपलिज नर्सिङ एसोसिएसन यूकेकी उपाध्यक्ष हुन् । तर, पछिल्लो समय समाजसेवामा उनको संलग्नता बढेर गएको छ । भूकम्प लगत्तै उनकै संयोजनमा नेपाली नर्सहरुको टोली सिन्धुपाल्चोक, धादिङ, काभ्रे, रसुवा, लगायत १० जिल्ला पुगेर राहत वितरण तथा उपचारमा संलग्न भएको थियो । उनले धादिङ मारपाक गाउंका एक भूकम्प पीडित ९ वर्षीय बालकको जीवनभरको अध्ययन तथा खर्चको जिम्मेवारी लिएकी छिन् । नेप्लिज वुमेन एसोसिएसन यूके र नेप्लिज ब्लड डोनर यूकेमा महासचिवको जिम्मेवारी लिइरहेकी उनी केही समयअघिमात्र बेलायतको एउटा अनलाइन पोर्टलको छनोटमा टप टेन भित्र परेकी थिइन् ।pr3

उनले यसअघि पनि बेलायतका विभिन्न मोडलिङ प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन् । गत वर्ष आयोजित अन्तर्राष्ट्रिय एफ्रो मोडल अवार्ड देखि सन् २०१२ मा सम्पन्न फेस अफ प्यूरिटीको फाइनलिष्टमा छनोट भएर मिस पब्लिक च्वाइस अवार्ड समेत हासिल गरिसकेकी छिन् उनले ।

यूकेका विभिन्न वेवसाइट तथा म्यागजिनका लागि फोटोसुट गरिरहेने उनले बेलायतमा निर्मित नेपाली चलचित्र यू टर्नमा सह नायिकाको भूमिका समेत गरेकी थिइन् । प्रसुना यतिखेर किङडम स्कुल अफ आर्ट्समा थिएटर तथा एक्टिङमा डिप्लो कोस गरिरहेकी छन् ।