लन्डनको पशुपतिनाथ मन्दिरमा लक्ष्मी पुजा हुँदै, भब्य भैलो खेल्ने तयारी

laxmi

लण्डन ।  नेपालीहरूकाे महान पर्व दीपावलिको अवसरमा लन्डनस्थित पशुपतिनाथ मन्दिरले लक्ष्मी माताको पुजा आजा तथा प्रार्थना गरी मन्दिरकै प्रांगणमा भैलो खेल्ने कार्यक्रम गर्ने भएकाे छ ।

स्थानीय क्षेत्रमा बसोबास गर्ने सबै नेपालीलाई एकै ठाउंमा भेला गराएर चाडपर्वको खुशीयाली मनाउने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागिएको  मन्दिर व्यवस्थापन समितिका महा सचिव अर्जुन गौतमले बताए ।

आगामी ११ नोवेम्बर २०१५, बुधबार साँझ ५.oo बजे बाट ७.oo बजे सम्म साउथ ईस्ट लण्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा लक्ष्मी पुजाको शुभ अवसरमा बेलायतस्थित नेपाली समुदायबीच शुभकामना आदानप्रदान गर्न विगत वर्षहरु झैं यस पटक पनि पुजा आजा तथा प्रार्थना हुन लागेको हो ।

कार्यक्रममा सहभागी हुन इच्छुक सम्पूर्ण नेपालीलाई निमन्त्रणा गरीएकाे मन्दिर का अध्यक्ष बालजंग अर्याल ले बताए ।