सहकारीद्वारा एम्बुलेन्स सेवा सुरु

ग्रामीण क्षेत्रका बासिन्दाले उपचार अभावमा ज्यान गुमाउन नपरोस् भनेर बागलुङको एक सहकारीले एम्बुलेन्स सेवा सुरु गरेको छ । जिल्लाको दक्षिण बरेङमा रहेको बिहानी बहुउद्देश्यीय सहकारी संस्थाले स्वास्थ्य उपचारमा सहज पहुँचका लागि एम्बुलेन्स सेवा सुरु गरेको हो ।
पूर्ण राजस्व छुटमा सहकारीमार्फत रु करिब १० लाखको लागतमा एम्बुलेन्स खरिद गरी सेवा सुरु गरेको सहकारीका सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
एम्बुलेन्स सेवाबाट बागलुङ र गुल्मीका २२ गाविसका बासिन्दाले लाभ लिनसक्ने छ । सहकारीले न्युनतम शुल्कमा एम्बुलेन्स सेवा प्रदान गर्ने बताउँदै आफ्ना सेयर सदस्यका लागि १० प्रतिशत छुट दिने जनाएको छ ।