लण्डन । भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएकामा लण्डनस्थित भारतीय हाइकमिसनमा गैरआवासीय नेपाली संघ (एनआरएन) युकेले ज्ञापनपत्र बुझाउने भएको छ ।
एनआरएन अन्तर्राष्ट्रिय समितिको विश्वव्यापी कार्यक्रमअन्तर्गत भोलि (मंगलबार)सेन्ट्रल लण्डनको अल्वीचमा रहेको इण्डिया हाउसमा बिहान ११ ।३० बजे ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको एनआरएन युकेका महासचिव विजयविक्रम लिङदेनले जानकारी दिए ।
भारतको अघोषित नाकाबन्दीबारे विश्व समुदायसमक्ष जानकारी दिन कार्यक्रम तय गरिएको (एनआरएन) युकेले जनाएको छ । सम्पूर्ण बेलायतवासी नेपालीलाई सो कार्यक्रममा उपस्थितिका लागि आग्रह समेत गरेको छ ।







