एमाओवादी काठमाडौंका १४८ नेताले पार्टी छाडे

mao-officeकाठमाडौं १९ कात्तिक । एकीकृत नेकपा माओवादीका महेन्द्र श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका १४८ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् ।

उनीहरुले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुरु गरेको नयाँ शक्ति निर्माण अभियानमा संलग्न हुने समेत बताएका छन् ।

श्रेष्ठ काठमाडौंको समानान्तर कमिटीका जिल्ला अध्यक्ष एवं क्षेत्र नम्बर ५ का उम्मेदवार समेत हुन् । ‘जिल्लाको बैठकको निर्णय अनुसार नै पार्टी परित्यागको घोषणा गरेका हौं’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

यसअघि देवेन्द्र पौडेलको नेतृत्वमा ४५ जना केन्द्रीय नेताले एमाओवादी छाडेको घोषणा गरेका थिए ।