काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार विस्तार, भारतको नाकाबन्दी हटाएर आपूर्ति व्यवस्थालाई सहज बनाउने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री निर्वाचित भएको लामो समय भइसक्दा समेत सरकार विस्तार हुन नसकेको अवस्थामा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको बुझिएको छ ।
उच्चस्तरीय राजनीतिक समितिमा संयोजकसमेत रहनुभएका नेता प्रचण्डले आपूर्ति व्यवस्थालाई सहज बनाउँदै जनताको दैनिक जनजीवन सहज बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको उहाँका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने सत्तारूढ दलका शीर्ष नेताबीचको भेटवार्ता सामान्य भएको जानकारी दिनुभयो । रासस
भारतको नाकाबन्दी हटाउन प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल






