सशस्त्र प्रहरीले समात्यो भारतको अवैध सामग्री

१२ कातिक । सशस्त्र प्रहरी कार्यालय भद्रपुरले ठूलो परिमाणमा भारतबाट ल्याइएका बारुदजन्य पदार्थ भद्रपुर नगरक्षेत्रमा आज बिहान पक्राउ गरी नष्ट गरेको छ ।
नष्ट गरिएका सामानमा जगमग आठ हजार ८२० थान, खुर्सानी पटाका २०० पिस र पटाका १४७ पाकेट छन् ।
यसैगरी, भन्सार छलेर भारतबाट अवैध रुपमा नेपाल ल्याएका २१७ जोर फुटबल जुत्ता, टिसर्ट २७२ थान चारआली क्षेत्रबाट आज बिहान पक्राउ गरी मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक शान्ति कार्कीले जानकारी दिनुभयो ।
बरामद गरिएका सबै सामान करिब रु चार लाख मुल्यका छन् । रासस