आइएसद्धारा बालबालिकाको बेचविखन र यौनशोषण

इराकमा इस्लामिक चरमपन्थी समूह आइएसले बालबालिका बेच्नुका साथै यौनशोषण गरेको पाइएको छ । इराकमा सक्रिय आइएसको कब्जाबाट भाग्न सफल बालबालिकाहरुले आइएसको यस्तो कुकर्मको खुलासा गरेका हुन् । यसअघि आइएसले आफ्नो नियन्त्रणमा रहेका बालबालिकालाई अपहरण गर्नु अधिकार हो भनिएको पर्चा इराकका विभिन्न सहरमा छरेका थिए ।
बालबालिकाहरुका अनुसार आइएसका कार्यकर्ताहरुले बजारमा लगि सयौं बालबालिकाको मोलमोलाई गरी बेचबिखन गर्ने गरेका छन् । इराक सरकारले भने बालबालिकाको यो भनाइप्रति चासो दिएको छैन ।