धुन्चे (रसुवा), २ कात्तिक । नेपालको उत्तरी नाका रसुवागढीबाट दसैँपछि सामान आयात गरिने भएको छ ।
रसुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कैसाङ् नुर्पु तामाङका अनुसार भूकम्पपछि बन्द भएको रसुवागढीबाट दसैँपछि सामान आयात निर्यात हुन्छ ।
भूकम्पपछि बन्द भएको रसुवागढी नाका गत असोज २८ गतेदेखि सञ्चालनमा आएपछि नेपाली व्यापारीले चिनियाँ व्यवसायीसँग सामान पठाइदिन आग्रह गरिसकेको तामाङले बताउनुभयो ।
नेपालीको महान् चाड बडादसैँ सकिनासाथ सबै व्यवसायी केरुङतर्फ केन्द्रित हुने बताइएको छ । सामान ढुवानीका लागि कन्टेनरसमेत व्यवस्था गरिसकिएको कन्टेनर व्यवसायी सङ्घले बताएको छ । रासस
चीनसँग जोडिएको नाकाबाट दसैंपछि सामान भित्रिने






