​ओलीको गीतमा उपेन्द्र छमछमी

mainphoto
काठमाडौं २६ असाेज ।  गैरआवसीय नेपाली संघका संस्थापक अध्यक्ष एव उद्योगपति उपेन्द्र महतोले कलाकारलाई पनि धनी बन्न सुझाव दिए।
संघको ग्लोबल समन्वय समितिले आयोजना गरेको इनास फिल्म अवार्डमा महतोल भने ‘गरिबीले कहिल्यै पनि इज्जत दिएको छैन र दिँदैन पनि। त्यसकारण आजैदेखि तपाईंहरु पैसा कमाउनतिर लाग्नुस् र धनी बन्नुस्।’

महतोसहितका एनआरएन अगुवाले गायिका कोमल ओलीले ‘बाँझो खेतमा छड्के सलाम छ…’ गीतमा छमछमी नाचे।

नेपाली सिनेमाले विश्व बजारमा ख्याति कमाउने सम्भावना रहेको भन्दै महतोले कलाकारलाई आर्थिक उपार्जनमा सोच्न आग्रह गरे।

अभिनेता निखिल उप्रेतीले भने आत्मनिर्भर बन्न सकेमात्र देश उकालो लाग्ने बताए। ‘भारतीय नाकाबन्दीले हामीलाई आत्मनिर्भर बन्न पाठ सिकाएको छ’ राजनीतिमा चासो राख्ने ‘भैरव’ अभिनेता एवं निर्देशक भने।

निर्देशक तुलसी घिमिरेले संकटले जहिल्यै सम्भावना र सकारात्मक सोचको विकास गर्ने बताए। देशप्रेम र सामाजिक मुद्दामा आधारित फिल्म निर्देशक र निर्माण गरेका घिमिरेले देश रहेमात्र संस्कृति जीवित हुने बताए।