ईन्धन आपूर्तिका बारेमा बुझ्न लेखाले बोलायो प्रधानमन्त्री र दलहरुलाई

 काठमाण्डौ २२ असोज । व्यवस्थापिका संसदको लेखा समितिले ईन्धन आपूर्तिका विषयमा बुझ्न प्रधानमन्त्रीलाई बोलाएको छ । शुक्रबारको लेखा समिति बैठकमा बाणिज्य तथा आपूर्ति राज्य मन्त्री गिरी बहादुर केसीले चित्तबुझ्दो जवाफ नदिएपछि सरकाको तैयारीका बारेमा बुझ्न प्रधानमन्त्री लगायत गृहमन्त्री, परराष्ट्रमन्त्री, आपूर्तिमन्त्री लगायतलाई बोलाएको हो ।
‘तेल र ग्याँसको हाहाकार भएपछि सरकारको तयारीको अवस्था बुझ्नका लागि भोली शनिबार प्रधानन्त्री, पराराष्ट्र मन्त्री, वाणिज्य तथा आपूर्ति मन्त्री, गृहमन्त्री र प्रमुख दलका संसदिय दलका नेतालाई बोलाउने निर्णय गरेका छौँ ।’ समिति सभापति जनार्दन शर्माले भने ‘उहाँहरु संगको छलफल पछि निकासका लागि पहल हुने छ ।’
लेखाले नेपाल आयल निगमले आह्वान गरेको ग्लोबल टेण्डरमा टेण्डर हाल्नेलाई १२ घण्टाभित्र अनुमति दिन समेत निर्देशन दिएको छ ।
लेखा समितिको आजको बैठकले सकारलाई चिनको नाका खोल्नका लागि तुरुन्त पत्राचार गर्न निर्देशन दिएको सभापति शर्माले बताए । भारत संगको समस्या कुटनिीतक तवरले समाधान गर्न पनि लेखाले निर्देशन दिएको छ ।