काठमाण्डाै,२१ असाेज । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले विभिन्न पार्टीभित्र रहेका देशद्राेहीहरू संग बच्न अाग्रह गरेका छन् । भण्डारीले भातरले नाकाबन्दी गरेकाे याे बेला राष्ट्रिय सुरक्षााकाे समय भएकाेले देशद्राेहीहरू संग सतर्क रहन बसैलार्इ अाग्रह गरेका हुन् ।
भारतले नाकाबन्दी गरेकाे भन्ने वा नभन्ने विषयमा काँग्रेस नेताहरूविच मतान्तर रहेकाे बेला भण्डारीले राष्ट्रिय हितका लागि सकारात्मक सन्देश प्रभाव गरेका हुन् ।
भण्डारीले फेसबुकमार्फत सन्देश दिँदै अहिले देश संकटमा फसेकाेले सुरक्षाका लागि कसैकाे मुख ताकेर नभइ राष्ट्रकाे सुरक्षाामा लाग्न पनि अाग्रह गरेका छन् । ‘यस अबस्थामा कसैको मुख ताकन्ने होईन , यो राष्ट्रको सुरक्षाको समय हो । ‘ भण्डारीले भनेका छन् – ‘ बिभिन्न पार्टी भित्र रहेका नेपाली अनुहारका देश द्रोही संग सर्तक हुन पनी आग्रह गर्दछु ।’
गुल्मी क्षेत्र नं २ वाट निर्वाचित सांसाद समेत रहेका उनले आफना परिवारको सुरक्षाका लागी सुरक्षित ठाउँ तिर बसाईको लागी अनुरोध गरेर सन्देश लेखेका छन् । दिन दाहडै देश लुटिँदै गरेकाे र भारतीय नाकाबन्दीले छटपटाएकाे बेला सबै सचेत र संयम हुन उनकेा अनुराेध छ ।
कतिपय राष्ट्रिय हित र फाष्ट ट्रयाककै विषयमा पनि काँग्रेका मन्त्रीहरूले भारतकाे समर्थन गरेकाे अाराेप अाइरहेका बेला भणडारीकाे याे सन्देश अाएकाे हाे । भण्डारी परीवर्तकारी, जनप्रिय र राष्ट्रिय हितमा प्रतिवद्व नेताकाे रूपमा जनतामाझ स्थापित छन् । देशमा संकन परेकाे र अार्थिक समुन्नतितर्फ लैजानुपर्ने याे बेलामा भण्डारीजस्ता राष्ट्रवादीलार्इ जसरी पनि अागामी सरकारमा सहभागी गराउनुपर्ने माग जनस्तरबाट उठ्न थालेकाे छ ।







