
हङ्गेरी २१ असाेज । हङ्गेरीका पहिलो कम्युनिष्ट राष्ट्रपति अर्पाद गोन्जको मङ्गलबार ९३ वर्षको उमेरमा निधन भएको छ ।
उनि हङ्गेरीका उपन्यासकार, नाटककार, अनुवादकसमेत थिए । उनले सन् १९९० देखि २००० सम्म गरी दशवर्ष हङ्गेरीको राष्ट्रपति पद सम्हाल्नु भएको थियो । सन् १९४० देखि गोन्जले आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए ।
हङ्गेरीको संसदका उपसभामुख इजत्भान हिल्लारले बुधबार बसेको संसदमा गोन्जको मृत्यु भएको समाचार सार्वजनिक गरेको जनाइएको छ ।
हिल्लारले गोन्ज आफ्नो समयको प्रख्यात व्यक्तित्व भएको पनि बताउनु भएको छ । हङ्गेरीका राष्ट्रपति जनोस् एडेरले गोन्जलाई ‘एक ऐतिहासिक व्यक्तित्व’ का रुपमा लिँदै उनको राष्ट्रपतीय कार्यकाल सफल रहेको बताए ।
गोन्जले सन् १९५७ देखि १९६३ सम्म आश्थाको बन्दीका रुपमा बन्दी जीवन बिताएका थिए । उनको एक श्रीमती र चार सन्तान रहेका छन् । चार सन्तानमध्येका एक किन्गा गोन्ज हङ्गेरीमा विदशेमन्त्री भएका थिए ।






