काठमाडौं,१६ असोज । संसदको पहिलो बैठकमा सम्बोधन गर्नुअघि बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री सुशील कोइरालाको राजीनामा मागेका थिए ।
बैठकमा प्रधानमन्त्री कोइरालाले संविधान संशोधन प्रस्ताव गरेपनि राजीनामा दिने विषय नउठाएपछि उपप्रधानमन्त्री गौतमले नयाँ सरकार बन्ने बाटो प्रधानमन्त्रीले राजीनामा नगरी कसरी खुल्छ भन्ने प्रश्न गरेका थिए ।
उनको भनाइमा एमालेका मन्त्रीहरुले समर्थन गर्दै शुक्रबार नै राजीनामा घोषणा गरेर नयाँ सरकार बन्ने माग खुलाउनुपर्ने माग गरेका थिए । बैठकमा एमाले मन्त्रीकहरुको मागबारे कांग्रेस मन्त्रीहरुले प्रतिवाद गरेका थिए ।






