
लन्डन १६ असाेज । किरात राईहरूकाे संस्था यायाेख्या युकेकाे छैठौं अधिवेशनले पुन: पदम राइकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे छ । लन्डनकाे वकिङ शहर नजिकै किराँत राईहरुको आफ्नै भूमि किरात राई हाउस, ग्याम्बलस् लेन, रिप्ले अवस्थित माङखिम तथा साकेला स्थलमा सम्पन्न अधिवेसनले २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेकाे हाे ।
समितिकाे उपाध्यक्ष चन्द्र बहादुर राई, सुमन साम्पाङ्ग, दिवाकर साम्पाङ्ग र, महासचिव जितेन्द्र साम्पाङ्ग, सचिव चन्द्रवति साम्पाङ्ग र सनविर राई, कोषाध्यक्ष डम्बर राई चयन भएका छन् । सहकोषाध्यक्षमा निलम रुङ्माङ, सदस्यहरुमा दयासागर रुङ्माङ ,विनोद रुङ्माङ , भुमिराज रुङ्माङ, धनराज राई, धुब्र राई, पर्मिला राई,अनिता राई, मेजर भुपजित राई, मेजर दिलकुमार राई, धर्म केसर राई, देविराम राई, ईश्वर चन्द्र राई, हेम कुमार राई, योगेश राई, दिलिप राई र चुनिएका छन् ।
कार्यक्रमको पहिलो सत्रमा यायोक्खा बेलायतका उपाध्यक्ष चन्द्र राईले स्वागत मन्तव्य तथा निर्वतमान उपाध्यक्ष तथा माङ्खिम संयोजक कल्पना राई र माङ्खिम निर्देशक मेजर योगेस राईले शुभकामना मन्तव्य साथै माङ्खिम तथा साकेला स्थलको परियोजनाको जानकारी दिनुभएकाे थियाे । संस्थाका कोषाध्यक्ष डम्बर राईले आर्थिक र महासचिव जितेन्द्र साम्पाङ्गले सांगठानिक प्रगति विवरण पेश गर्नु भएको थियो । अध्यक्ष पदम राईले क्षेत्रिय प्राकस अध्यक्षहरु लगायत माङखिम तथा साकेला स्थल संयोजक कल्पना राई साथै उनको समिति, किराँत राई यायोक्खको पदाधिकारी सदस्यहरु, निर्देशक समिति र बेलायतबासी राईहरुलाई धन्यवाद प्रकट गर्दै समिति भंग गरी निर्वाचन समिति र विधान संशोधन समितिको घोषणा गर्नुभएकाे थियाे ।
दोश्रो सत्रमा क्षेत्रिय प्रतिनिधि तथा पर्यवेक्षकहरुको सर्वसम्मतिले विधान पारित गरेपछि साेही विधानको आधारमा निर्वाचन समितिको संयोजक पूर्व जिल्ला सभापति रत्न कुमार राईको नेतृत्वमा दुई समिति गठन भएको थियो । संवाद तथा सहमति समितिका प्रतिनिधिहरुमा रिटायर्ड क्याप्टेन अशोक राई,कलाकार संघ बेलायतका अध्यक्ष निर पुमा राई,शिवधन राई र जय प्रकाश राई हुनुहुन्थ्याे भने पर्यवेक्षक समितिमा एनआरएन बेलायतका उपाध्यक्ष मास्टर राष्ट्र राई,कानुनविद चण्डिका राई, नेपाली फिल्मी निर्माता दयासागर राई र नेपाल आदिवासी जनजाति महासंघ, बेलायतका पूर्व महासचिव नरेश काङमाङ थिए ।
यायोक्खा बेलायतका अध्यक्ष पदम बहादुर राईकोे सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालयका प्राध्यापक तथा किराँत राई यायोक्खा केन्द्रिय कार्य समिति नेपालकी पूर्व अध्यक्ष श्रीमती सुमाया राई, विशेष अतिथिहरुमा पूर्व प्रमुख जिल्ला अधिकारी प्रेम बान्तवा र किराँत राई यायोक्खा केन्द्रिय कार्य समिती नेपालको सहकोषाध्यक्ष अशोक राई थिए ।







