एनआरएन यूरोप सँयोजकमा आचार्यको उम्मेदवारी

लन्डन । गैरआवासीय नेपाली सँघको यूरोप सँयोजकमा एनआरएन यूकेका पूर्वअध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आचार्यले गैरआवासीय नेपाली सँघ यूकेले बिहीबार लन्डनमा आयोजना गरेको कार्यक्रममा बोल्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । आचार्यले गैरआवासीय नेपाली सँघको अभियानलाई अझै केही गर्न सकिन्छ भन्ने मनसाय राखेर आफुले यूरोप सँयोजकको पदमा उम्मेदवारी दिने निचोड निकालेको बताए । गैरआवासीय नेपाली सँघका अध्यक्ष शेष घलेको सम्मानमा आयोजित कार्यक्रम आचार्यले आफ्नो उम्मेदवारी घोषणा गर्नु अघि घलेलाई दोस्रो कार्यकालका लागि उम्मेदवार बन्न आग्रह गरेका थिए । आचार्यको उम्मेदवारी घोषणालाई कार्यक्रममा उपस्थित बेलायतस्थित गैरआवासीय नेपालीहरुले स्वागत गरेका थिए । नेपाली दूतावास लन्डनमा भएको कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले अक्टोवरमा हुने विश्वसम्मेलनमा एनआरएन यूके एक जुट भएर प्रस्तुत हुनु पर्नेमा जोड दिएका थिए । यसअघि एनआरएनको विश्वसम्मेलनमा सबिचमा सुरेन्द्र श्रेष्ठ, यूरोप सहसँयोजकमा थर्क सेनले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।