गगनशिला खड्का
ग’ल्मी २८ मंसिर । शाखाको साधारण सभाले सुदर्शन शाक्यको अध्यक्षतामा १५ सदस्यीय उद्योग बाणिज्य संघ वामीको कार्यसमिती निर्वाचित गरेको छ । सर्वसम्म निर्वाचित समितिको उपाध्यक्षमा मोहनलाल श्रेष्ठ, सचिब महेश्वर घिमिरे, कोषध्यक्षमा गोपीकृष्ण खरेल तथा सदस्यहरुमा बिजयाकुमारी मल्ल, बेगप्रसाद श्रेष्ठ, देबेन्द्र कक्षपति, दिनेश खाती, दुर्गा छिनाल, सुन्दर प्रधान, तोयनाथ खराल, टोपनारायण शाक्य, सुन्दर शाक्य र लक्ष्मण फुल्लेल रहनुभएको निर्वाचन अधिकृत ज्ञानहरी सापकोटाले बताउन’भयो । उहाँले निर्विरोध निर्वाचित कार्यसमितिको नाम घोषणा गर्दै नवनिर्वाचित कार्यसमितिलाई अविरअर्पण गरी श’भकामना दिन’भएको थियो ।
कार्यक्रमका सभापति उद्योग बाणिज्य संघ वामीका तदर्थ समिति अध्यक्ष सुदर्शन शाक्यले शाखाको २०६४ सालदेखिको सम्पुर्ण गतिबिधि सहितको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कोषध्यक्ष गोपीकृष्ण खरेलले आर्थिक बर्ष २०६४ देखी हालसम्मको ३ लाख ६४ हजार ६ सय ९३ रुपैया बराबरको आम्दानी खर्च विवरण पेश गर्नुभएको थियो । उहाँले शाखामा ६३ हजार ४ सय ५१ रुपैया बराबरको बचत रहेको बताउनुभयो ।
कार्यक्रममा, गुल्मी उद्योग बाणिज्य संघका सदस्य चेतनारायण पाण्डे, सदस्य हरि प्रसाद न्यौपाने, महिला उद्यमी संघकी सदस्य निर्मला केसी, एनेकपा माओबादी वामीका बसन्त कार्की, प्रहरी चौकी वामीका प्रहरी सहायक निरिक्षक घनश्याम ढकाल, सामुदायिक रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौरब खत्री, लगायतको आतिथ्यता रहेका थियो ।
उद्योग बाणिज्य संघ वामी शाखाका कोषाध्यक्ष गोपीकृष्ण खरेलको स्वागत संगै सुरुभएको कार्यक्रमको सञ्चालन उद्योग बाणिज्य संघ वामीका सचिब महेश्वर घिमिरेले गर्नुभएको थियो ।
शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति






