लन्डन ।
गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको अध्यक्षमा मुछेत्र गुरुङ निर्विरोध भएका छन् । गुरुङलाई आइतबार सम्पन्न संघको छैटौं अधिवेशनले निर्विरोध घोषणा गरेको हो । लन्डनस्थित प्लमस्टेटमा आयोजित साधारणसभा ले पूरै कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । संघको उपाध्यक्षमा,डासु पाण्डे,हिराधन राई, राष्ट्र राई, योग फगामी, चयन भए । यस्तै महासचिवमा विजय लिङदेन, सहमहासचिब अर्जुन कटुवाल र दुई महिला उपाध्यक्षमा शान्ति थापा कुमारी गुरुङ निर्विरोध भएका छन् ।![12030894_10204936423559179_1084185981_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/09/12030894_10204936423559179_1084185981_n1.jpg)
सचिवमा फडिन्द्र भट्टराई, कृष्ण तिवारी, बुद्धिराम थापा र प्रवक्तामा खुशी लिम्बू निर्विरोध भए । कोषाध्यक्षमा ललित न्यौपाने र दिपक कुमार श्रेष्ठ चयन भए । यस्तै कार्यसमितिको सदस्यमा कृष्णप्रसाद छन्त्याल, मिलन गुरुङ, मीनबहादुर रानाभाट, पदम बिर्ख रावल, नारायण पौडेल गाउँले, राजेश पाठक, शालिकराम सापकोटा, सुरज मास्के र यमबहादुर घले चयन भए । यस्तै महिला संयोजक सुशीला राई, युवा संयोजक हरिकृष्ण आचार्य निर्विरोध भए भने च्यारिटी विभागको संयोजक सनत गुरुङ चुनिए ।
नवनिर्वाचित कार्यसमिति सदस्यले निर्वाचन समितिका प्रमुख डा. राघव धितालसँग सपथ लिएका थिए । यस्तै गैरआवासीय नेपाली संघ यूकेको तर्फबाट गैरआवासीय नेपाली संघको केन्द्रीय समिति सदस्यमा संगीता मरहठ्टा, कृष्ण तिमल्सिना, सुष्मा राई र विश्वदीप तिगेला निर्विरोध भए ।
यसअघि महाधिवेशनको उद्घाटन गैरआवासीय नेपाली संघ यूकेका संरक्षक प्रा.डा. सूर्य सुवेदी, एनआरएनए यूरोप संयोजक अर्जुन श्रेष्ठ र निर्वाचन समितिका संयोजक डा. राघव धितालले संयुक्त रुपमा गरेका थिए । अधिवेशनले संघको आर्थिक, वार्षिक र विधान प्रतिवेदनलाई संशोधानसहित पारित गरेको छ । गैरआवासीय नेपाली संघ यूकेको गत हप्तासम्म उम्मेदवारहरु बीचको सहमति अनुरुप विधान संशोधन गरी केही पदमा पदस्थापन गरिएको थियो । अधिवेशनमा बेलायतस्थित राजनीतिक तथा सामाजिक संघसंस्थाले शुभकामना ब्यक्त गरेका थिए ।
शुभकामना मन्तव्य दिनेहरूमा बाबुकाजी डंगोल, भोला खनाल, भोजप्रसाद गुरुङ्ग, रणबहादुर केसी, आङकलङ लामा, लोक गुरुङ, बिनोद ज्ञवाली, डमर घले, अर्जुन श्रेष्ठ , प्रोफेशर सुर्य सुवेदी लगायत थिए । संघका अध्यक्ष महेन्द्र कंडेलको सभापतित्वमा सम्पन्न सभाको संचालन राजकुमार त्रिपाठी र डासु पाण्डेले गरेका थिए । सभामा गैरआवासीय नेपाली संघका सल्लाहाकार विश्वआर्दश पण्डीत, पूर्व प्रबक्ता डा. हेमराज शर्मा, पूर्व अध्यक्षहरु सूर्य गुरुङ, कुल आचार्य, योगेन क्षेत्री लगायतको बिषेश उपस्थिती थियो ।







![11998388_10204936423719183_1577958922_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/09/11998388_10204936423719183_1577958922_n1.jpg)