काठमाडौं, २८ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले सिमाङकन बारे अन्तिम टुंगो सिमा आयोगले लगाउने भन्दै सबै दलहरुलाई संविधान निर्माण प्रक्रियामा सहभागी बन्न आग्रह गरेका छन । प्रधानमन्त्री निवास वालुवाटारमा पत्रकारसंग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले आदीवासी जनजाति, दलित, महिला मुस्लीम, थारु लगायतकाले राखेको माग बमोजिम नै विभिन्न आयोगहरु गठन गर्ने भनिसकिएको र बांकी सिमाको सन्र्दभमा पनि अन्तिम टुंगो सिमा आयोगले लगाउने भएकाले आन्दोलन छोडेर आउन आग्रह गरे ।
प्रधानमन्त्री कोइराला यत्रो ठुलो समस्या समाधानका क्रममा यस्ता घटना हुनु स्वभाविक भएको भन्दै नयां संविधान कार्यन्वयनमा सबैले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे । प्रधानमन्त्री कोइरालाले विश्वभरका प्रजातान्त्रिक मुलुकहरुले नेपालको संविधान निर्माणलाई स्वागत गर्नुपर्ने बताए ।
आफुसंग भेट भएका सबै अन्तर्राष्ट्रिय स्तरका नेताहरुले छिटो लोकतान्त्रिक प्रक्रियाबाट संविधान बनाउनुस् भन्ने गरेको स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले अब उहांहरुले नेपालको सबै प्रक्रियालाई स्वागत र साथ दिनुपर्ने बताए । संविधान जारी भइसकेपछि मुलुक स्थायित्व हुने र त्यसले आर्थिक सम्बृद्धीको बाटो समात्ने विश्वास प्रधानमन्त्री कोइरालाको छ । प्रधानमन्त्री कोइरालाले राष्ट्रिय अवार्ड प्राप्त गरेको कलाकार र हिन्दु राज्यको माग गर्दै ज्ञापन बुझाउन आएकाहरुसंग भेटघाट समेत गरे ।
सिमाङकन बारे अन्तिम टुंगो सिमा आयोगले लगाउंछः प्रधानमन्त्री






