करीनाले कैटरीनालाई भाउजु भनेपछि

झण्डै एक बर्षसम्म बलीउड अभिनेत्री करीना कपुर र कैटरीना कैफको सम्बन्ध पानी बाराबारको अवस्था जस्तै भएको थियो । तर अहिले उनीहरुको सम्बन्ध राम्रो छ ।

सार्वजनिक कार्यक्रममा उनीहरुलाई एक अर्काको कुरा सोध्दा राम्रो प्रतिक्रिया दिने गरेका छन् । त्यस्तै अभिनेत्री करीना कपुरले कैटरीनालाई रणबीर कपुर नै उत्तम श्रीमान हुने बताएकी छिन् ।

कैटरीनालाई भाउजु भन्दै उनले आफ्नो पति सैफ अली खान र कैटरीना कैफ अभिनित चलचित्र फैटमको प्रिमियर शोमा पत्रकारहरुसँग भनेकी छिन्, ‘मलाई लाग्छ कैटरीना भाउजुलाई रणबीर नै उत्तम व्यक्ति हो ।’