मंजु पौडेल र प्रसाद मगर लाई बेलायती गुल्मेलीको बिदाई फोटो फिचर भिडीयो सहित

london 1 023 फडिन्द्र भट्टराई / शिव भण्डारी

लन्डन

london 1 105

गुल्मी जिल्ला समाज युकेले बेलायतमा आयोजना गरेको बार्षिक भेटघाट कार्यक्रममा आफ्नो प्रस्तुति दिन नेपाल बाट निम्त्याईएका गुल्मेली कलाकार द्वय मंजु पौडेल र प्रसाद मगर लाई लन्डनमा एक कार्यक्रमका बीच बिदाई गरिएको छ ।

बेलायत अल्डरशट स्थित भेटघाट रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा समाजका पदाधिकारी, सलाहकार तथा आजीवन सदस्य हरुको उपस्थिति थियो । उक्त अवसरमा समाजका तर्फ बाट कलाकारहरु हरु लाई खादा ओढाएर सम्मान गरिएको थियो भने समाजका पदाधिकारीहरुले धन्यबाद ज्ञापन गरेका थिए ।

सामान्य औपचारिकता पछिको नाचगानमा कलाकार द्वय मंजु पौडेल र प्रसाद मगरले आफ्ना दर्जनौ गीत मार्फत उपस्थित सबैलाई नचाएर अनुपम सांस्कृतिक माहोलको मनोरंजन दिलाएका थिए । समाजका सबै जसो पदाधिकारीहरु पनि कार्यक्रम पछि आयोजित कलाकार बिदाइ कार्यक्रममा भरपुर रमाएका देखिन्थे । london 1 111

गत अगस्त २ तारिक बेलायतका गुल्मेलीहरुले आयोअना गरेको भब्य कार्यक्रमको सफलता पश्चात कलाकार हरु बेलायतका अन्य कार्यक्रमहरु मा समेत सहभागी हुने गरेका छन । खास गरेर नेपाली महिलाहरुको बिशेष पर्व हरितालिका तीज नजिकिदै गर्दा यहा आयोजित तिज कार्यक्रम हरुको व्यस्त प्रस्तुति संगै कलाकार मंजु पौडेल ले राम्रो प्रशंशा बटुल्न सफल भएकी थिइन ।

गायिका मंजु पौडेल अर्को साता नेपाल फर्किदै छन् भने प्रसाद मगर केहि समय रोकिने बताइएको छ । साँझको बिदाई कार्यक्रम पुर्व आयोजित समर कार्यक्रम समिक्षा बैठकमा कार्य समितिमा कार्यक्रमका बिबिध पक्षबारे छलफल गरिएको थियो । अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा सम्पन्न उक्त बैठकको संचालन महासचिव राम गलामीले गरेका थिए ।

बैठकमा कोषाध्यक्ष टोप पल्लिले कार्यक्रमको आयव्यय प्रस्तुत गरेका थिए । बैठकमा समाजका  संस्थापक अध्यक्ष ओमप्रसाद थापा, उपाध्यक्ष विनोद ज्ञवाली,ओम गुरुङ सल्लाहकारहरु मोति भण्डारी, दासुराम पाण्डे,गोर्कण बस्नेत, खड्क रेश्मी सचिव शिव भण्डारी, मिडिया सेक्रेटरी फडिन्द्र भट्टराई,विर बलाल, मञ्जु भण्डारी, लगायत समाज आबद्ध पदाधिकारी तथा सदस्य हरुले कार्यक्रमको बिगत र भविष्यका बिबिध पक्षहरुको चर्चा गरेका थिए ।london 1 069london 1 03030 aug 01130 aug 01630 aug 00130 aug 02130 aug 02230 aug 024 30 aug 008