गुल्मी, १४ भदौ । प्राचिन र ऐतिहासिक मगरात भुमिलाई टुक्रा–टुक्रा बनाएको भन्दै नेपाल मगर संघ गुल्मीले आयोजना गरेको मगरात वन्दको प्रभाव गुल्मी जिल्लामा पूर्ण रुपमा परेको छ । वन्दको कारण विहानैदेखि यातायात, बजार, उद्योगधन्दा, करकारखाना एवं शैक्षीक संस्थाहरु पूर्ण रुपमा ठप्प छन् । नेपाल मगर सघं गुल्मीका सयौं कार्यर्ताहरु बिहानै सड्कमा निस्केर शान्तिपूर्ण रुपमा बन्द गराउदै हिडेपछि गुल्मीमा बन्दको प्रभाव बिहानैदेखि परेको हो ।
वन्दकर्ताहरुले प्रेस, एम्बुलेन्स दुध, सुरक्षा निकाय, कुटनितीक आयोगका सवारी साधनहरु सञ्चालनमा भने कुनै रोक लगाएका छैनन् । नेपालको नयाँ सबिधान निमार्णका क्रममा चार दलका शिर्ष नेताहरुले राज्यको पुर्नसरंचनामा संघियताको सिमांकन गर्दा मगरहरुको सघन बस्तीलाई छिन्न छिन्न गराईएको विरोधमा मगरहरुले सोमवार एक दिन मगरात बन्दको आवहान गरेका हुन् ।
– जनार्दन घिमिरे
गुल्मीमा मगरात बन्दको प्रभाव






