वीरगन्ज, १४ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका क्रममा सोमबार पर्साको वीरगन्जमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ६ जना घाइते भएका छन् । वीरगन्जको नगवाचोक क्षेत्रमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाई फायर गरेको छ । प्रहरीले चलाएको गोलीको छर्रा लागेर कृष्णकुमार पटेल गम्भीर घाइते भएका छन् ।
यसैगरी, प्रहरीको लठ्ठी लागेर अन्य केही प्रदर्शनकारीहरु पनि घाइते भएका छन् । घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । बाइपास सडकको नगवा चोकमा मोर्चाका कार्यकर्ताले सडक अवरुद्ध पारेर प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
वीरगन्जमा झडप, २० राउण्ड हवाइफायर, ६ घाइते






