थरूहट कार्यकर्ताको अाक्रमणमा मारिए दुइ वर्षीय नाबालक

balak

कैलाली : कैलालीको टीकापुरमा थरुहटका कार्यकर्ताको आक्रमणमा एक अवोध बालकको समेत ज्यान गएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक लक्षमण न्यौपानेसहित आठजना प्रहरीको हत्या गर्ने क्रममा थरुहट कार्यकर्ताको आक्रमणमा परी ८ वर्षीय एक बालकको घरैमा ज्यान गएको हो ।

टीकापुरमा नगरपालिका–६ शंकपुरमा थरुहट/थारुवानका कार्यकर्ताले निषेधाज्ञा तोड्ने क्रममा प्रहरीमाथि आक्रमण गर्दा सशस्त्र प्रहरीका नाबालक छोराको ज्यान गएको हो ।

सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्र बहादुर साउदका २ वर्षीया छोरा टेकेन्द्र साउदको घरमै बसिरहेको अवस्थामा ज्यान गएको हो ।

आन्दोलनकारीले घरेलु हतियार भाला, बन्चरो, हँसिया र गुलेलीले आक्रमण गर्ने क्रममा प्रहरीसँगै बालक पनि मारिएका हुन् ।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक न्यौपानेसहित ८ जनाको ज्यान गएको छ भने ४६ जना भन्दा प्रहरी घाइते भएका छन् ।