लोक गायिका ज्योती मगरको स्वर रहेको अर्को तीज गीत बाहिरिएको छ । ‘मुसुक्क हाँसेर’ बोलको तीज गीतमा ज्योती र गायक टंकप्रसाद जोशीको स्वर रहेको छ ।
गीतको शब्द पनि टंक आफैले लेखेका हुन् । गीतको संगीत र एरेन्ज पुष्कर सुनुवारले गरेका हुन् । बिक्रम चौहानले निर्देशन गरेको यो गीतमा भिडियोमा ज्योती साँडी लगाएर देखिएकी छिन्् । मुकेश हुमागाईले खिचेको यो भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन् ।






