नृपेश उप्रेती,पीटरवरो,
यति मात्र होइन एउटा राम्रो गीतकारको रुपमा स्थापित गरायो र अहिले उनलाई जिन्दगीको यहि यात्राले एउटा आशालाग्दो मोडलको रुपमा पनि अगाडि सारेको छ। उनको आफ्नै शब्द, हिमाल सागरको सङ्गीत र रामकृष्ण ढकालको आवाजको “यात्रा” बोलको गीत म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। भिडियोमा आरती गैरेको साथमा उनी आफै देखिएका छ्न।
“मोडलिङ्ग मेरो रुचिको बिषय हो” उनी बताउछन। यस अघि आफ्नै एउटा गीतमा मोड्लिङ्ग गरिसकेका उनी यात्राको भिडियो बाट निकै आशावादी छ्न। श्रब्य दृश्य कै क्षेत्रमा अध्यनरत दिपेश रेग्मिको निर्देशनमा बनेको भिडियो कथात्मक छ र निदेशकले उनलाई फरक शैलिमा प्रस्तुत गर्नुको साथै अभिनय पनि गराएका छ्न। स्कटल्याण्डको मनमोहक दुश्यमा छायांकन गरिएको यो भिडियो हेर्ने सबै बाट राम्रो प्रतिक्रिया पाएको उनी बताउछन।
आफ्नै जिन्दगीको यात्रालाई आधार बनाइ लेखेको उनको यो गीतको अडियो केही समय अगाडि सार्वजिक भएको थियो। ट्र्स्ट मि एल्बम सार्वजिक गरिसकेका गोपाल अधिकारी आगमी दिनहरुमा पनि फुर्सद्को समय निकलेर गीत लेखन र मोडलिङ्गलाई निरन्तरता दिने बताउछन।







![11874202_10204772491060969_1900609450_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/08/11874202_10204772491060969_1900609450_n1.jpg)