असाहय बालबालिकाको सहयोगार्थका लागि गुल्मी जिल्लामा शनिबार ‘वृहद साँस्कृति कार्यक्रम २०७२’ आयोजना गरिएको छ । रोयल स्क्वाडन व्याण्डको आयोजनामा उक्त संस्थाले गुल्मीको सदरमुकाम तम्घासमा पहिलो पटक च्यारिटि सो कार्यक्रमको आयोजना गरि विविध सांगितिक कार्यक्रमहरु प्रस्तुत गरेको थियो ।
कार्यक्रममा उक्त व्याण्डको तर्फवाट सुसिल थापाले माग्नेवुढा, तक्मेवुढा, लगायत विभिन्न कलाकार र पशुपंछिहरुको क्यारिकेचर गर्दा दर्शकहरु पेटमिचिमिचि हाँसेका थिए । सत्य साई कला वुटलको सह आयोजनामा संचालन गरिएको उक्त कार्यक्रममा रोयल स्क्वाडन व्याण्डका निर्देशक रमेश खत्रीसहित रुमना थापा, जमुना गुरुङ्ग, मनिष थापा, सन्तोष राना, अवरम अली लगायतको प्रस्तुति रहेको थियो । उक्त व्याण्डले गुल्मी जिल्लावाट पहिलोपटक आफ्नो सांगितिक यात्रा सुरु गरेको हो ।
– जनार्दन घिमिरे
असाहय बालबालिकाको सहयोगार्थ च्यारिटी शो






