बन्चरो प्रहार गरी परिवारका ८ सदस्यको हत्या

रसिया, २१ साउन । रसियाली सुरक्षा अनुसन्धानकर्मीद्वारा आफ्नै श्रीमती, आमासहित परिवारका आठ सदस्यको बन्चरो प्रहार गरी हत्या गर्ने रसियाली नागरिकलाई पक्राउ गरेको छ । यहाँको ठूला फौज्दारी मुद्दा हेर्ने एक अनुसन्धान समितिले जनाएअनुसार ओलेग बेलोभलाई हत्यामा संलग्न भएको अभियोगमा जेल चलान गरिएको छ । उनले २० वर्षको जेल जीवनको सामना गर्नुपर्नेछ ।
सधैँ विद्यालय जाने बच्चा कक्षामा अनुपस्थित भएपछि उक्त विद्यालयद्वारा उनीहरुको खोजी गर्ने क्रममा प्रहरी बेलोभ निवासमा पुगेका थिए । जहाँ निर्बोध बालबालिकासहित सम्पूर्ण सदस्यको हत्या भएको भेटिएको थियो । बेलोभको श्रीमती गर्भवती अवस्थामा भएको हुनसक्ने समेत अनुसन्धानले बताएको छ ।