काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पाँचदिने भारत भ्रमणका लागि बुधबार अपराह्न नयाँदिल्ली जाने भएका छन्। पूर्वप्रधानमन्त्री देउवा नेपालमा संविधान जारी गर्ने मिति नजिकिँदै गरेका बेला भारत सरकारको निमन्त्रणामा जाने लागेका हुन् । भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामको निधनमा एक सातासम्म भारत सरकारले शोक मनाउने भएका कारण देउवाको भ्रमणमा औपचारिक कार्यक्रम भने नहुने भएका छन् । शोकको अवधिमा भारत आउने विदेशी नेता तथा अधिकारीलाई औपचारिक आतिथ्य नदिइने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
नेपालमा संविधान निर्माणमा भइरहेको प्रगति, भूकम्पका कारण मुलुकमा परेको विपत्तिमा भारतीय सहयोग तथा भारतले नेपालमा गर्नसक्ने लगानीलगायतका विषयमा भ्रमणमा कुराकानी हुनेछ’, देउवाका सहयोगी भानुले भने । भानुका अनुसार देउवाले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट्ने कार्यक्रम छ । त्यस्तै शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने निश्चित भएको छ ।
देउवा आजदेखि भारत भ्रमणमा






