लन्डन आइपुगे रास्वपा सांसद मनीष झा, विमानस्थलमा स्वागत -भ्रमणको उद्देश्य के हो ?

शिव भण्डारी, लन्डन नेपाल न्यूज।
लण्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झा साताव्यापी भ्रमणका लागि बेलायत आइपुगेका छन्।

रास्वपा प्रवास नेपाली सम्पर्क विभागका प्रमुखसमेत रहेका झा शुक्रबार साँझ लन्डनको हिथ्रो विमानस्थलमा अवतरण गरेका हुन्।विमानस्थलमा लण्डन नेपाल न्यूज सँग बोल्दै झाले बेलायती सांसद, राजनीतिज्ञ,भूतपूर्व ब्रिटिस गोर्खा लगायत नेपाली समुदाय सँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको  बताए।

सांसद झाका कार्यक्रम 

रास्वपा यूके सभापति पवन शर्माका अनुसार बेलायतमा अक्टोबर ३१ तारिख शनिबार लन्डनको प्लमस्टेडमा सोसाइटी अफ नेपाली प्रोफेसनल्सले आयोजना गर्ने सार्वजनिक अन्तरक्रिया कार्यक्रममा उनी सहभागी हुनेछन्।

नोभेम्बर १ तारिख आइतबार बिहान वुल्भरह्याम्पटनमा नागरिकता र अन्तर्राष्ट्रिय विद्यार्थीका विषयमा रास्वपा बेलायतले आयोजना गर्ने सार्वजनिक अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्।

सोही दिन दिउँसो रेडिङमा गोर्खा भेट्रानहरुसंग गोर्खाहरूको अधिकार र नागरिकतासम्बन्धी विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम छ।

नोभेम्बर २ तारिख सोमबार उनले किल विश्वविद्यालयको भ्रमण गर्नेछन्। नोभेम्बर ३ तारिख मंगलबार नेपालमा लगानीका अवसरसम्बन्धी विषयमा बीएनसीसीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्।

त्यसैगरी, नोभेम्बर ४ तारिख बुधबार लन्डनस्थित नेपाली राजदूतावासमा आयोजना हुने स्वागत कार्यक्रममा झा सहभागी हुने कार्यक्रम छ।झा नोभेम्बर ६ तारिख नेपाल फर्कने कार्यक्रम छ।

सांसद झाको स्वागतका लागि हिथ्रो विमानस्थलमा ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजन कँडेल, रास्वपाका सदस्यहरू रमेश बेलबासे, पवन कँडेल, किरण कँडेल र राजेन्द्र कँडेललगायत उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *