गैरआवासीय नेपाली संघ यूकेको महासचिव पदका उम्मेदवार राजकुमार त्रिपाठीले आफ्नो उम्मेदवार कुनै गुट वा समूहका लागि नभएको स्पष्ट पारेका छन् । त्रिपाठीले आइतबार जारी गरेको विज्ञप्तिमा भनेका छन्,
बेलायतवासी नेपालीको समस्या निराकरण अब कुनै एक गुट तथा समुदायले गर्न सक्दैन । सबै पक्ष मिलेर मात्र हाम्रा एजेण्डाको सम्बोधन हुनसक्छ’ त्रिपाठीले विज्ञप्तिमा भनेका छन् । चुनावी मैदानमा आएका सम्पूर्ण प्रत्यासीलाई प्रजातान्त्रिक ढंगले एक आपसमा एक जुट भइ एकल नेतृत्व प्रदान गर्न संवाद, वहस र छलफल गर्न आफू तयार रहेको बताएका छन् ।
उनले भने, ‘एआरएन बेलायतलाई संस्थागत, संगठित र एकजुट बनाइ एजेण्डा पूरा गर्ने घोषणामा कसैले गुट उपगुट बनाइ सामेल नहुन अनुरोध गर्दछु ।’ आफ्नो नाम कुनै समूह वा कसैसँग जोडिए त्यो भ्रम मात्र हुने त्रिपाठीले स्पष्ट पारेका छन् । एनआरएन यूकेको आगामी छैटौं महाधिवेशनमा महासचिव पदमा आफूलाई निर्वाचित गर्न आग्रह गरेका छन् ।







![11694310_10204592335477192_1424657274_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/07/11694310_10204592335477192_1424657274_n1-150x150.jpg)