बेलायतको कांग्रेसको अधिवेशन गराउन गगन थापाले शेरबहादुर लाई काटे पत्र -के छ पत्रमा हेर्नुस

लण्डन ।नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति बेलायतको संयोजकको विशेष जिम्मेवारी शेरबहादुर सुनारलाई सुम्पेको छ।

नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा हस्ताक्षरित पत्रानुसार पार्टीको विधान, २०१७ (एघारौँ संशोधन सहित) बमोजिम सुनारलाई यो जिम्मेवारी प्रदान गरिएको हो।

मनोनयन पत्रमा सुनारलाई आगामी २०८३ असोज १० गतेभित्र बेलायतस्थित जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गराउने मुख्य कार्यादेश दिइएको छ। यसका लागि समितिमा आबद्ध वर्तमान तथा पूर्व समितिका साथीहरू र सबै पक्षसँग आवश्यक संवाद, समन्वय र सहभागिता सुनिश्चित गर्न निर्देशन दिइएको छ।
त्यस्तै, तोकिएको समयसीमाभित्रै पार्टीले स्वीकृत गरेको विधान बमोजिम सबै पक्षसँग समन्वय गरी क्रियाशील सदस्यता वितरण गर्न र अधिवेशन सम्पन्न गरी संगठनलाई सुदृढ, गतिशील एवम् परिणाममुखी बनाउन पार्टीले अपेक्षा राखेको छ।
एनआरएनए यूकेका पूर्व प्रमुख संरक्षकसमेत रहेका सुनारले समय छोटो भएकाले तोकिएको मितिभित्र अधिवेशन सम्पन्न गर्न चुनौतीपूर्ण हुने बताए। “सबै साथीहरूसँग सरसल्लाह गरी जतिसक्दो चाँडो अधिवेशन गराउने पहल सुरु गरिसकेको छु,” उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *