गोल्डेन सिपमा नेपालका बाढीपीडितका लागि विशेष च्यारिटी डिनर रात्री कार्यक्रम

लन्डनस्थित रेस्टुरेन्ट Golden Sip ले नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगार्थ विशेष च्यारिटी डिनर नाइट कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम आगामी शुक्रबार, ४ सेप्टेम्बर साँझ ७:०० बजे हुने आयोजकले जनाएको छ। कार्यक्रममा लाइभ संगीत, स्वादिष्ट डिनर र राफल ड्रको समेत व्यवस्था गरिएको छ।

प्रति व्यक्तिको टिकट मूल्य £25 तोकिएको छ। आयोजकका अनुसार, बिक्री भएका प्रत्येक टिकटबाट £15 सिधै नेपाल सरकार प्रधानमन्त्रीको विपद् राहत कोषमा (Prime Minister’s Disaster Relief Fund) पठाइनेछ। साथै कार्यक्रमका क्रममा संकलन हुने सबै अतिरिक्त सहयोग रकम पनि पूर्ण रूपमा उक्त कोषमै हस्तान्तरण गरिनेछ।

रेस्टुरेन्टका सञ्चालक डेब गुरुङ का छोरा दिपेन गुरुङ ले भने,
“विपत्तिको यस घडीमा मातृभूमिको पीडामा साथ दिँदै बाढीपहिरोबाट ज्यान गुमाउने तथा प्रभावित परिवारहरूको सम्झनामा हामी मैनबत्ती प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम पनि आयोजना गर्दैछौं।”उनले थपे,“यो केवल एउटा कार्यक्रम होइन, यो हाम्रो मातृभूमिप्रतिको भावनात्मक ऐक्यबद्धता हो।”

आयोजकले सबैलाई कार्यक्रममा सहभागी भई मानवताका लागि हातेमालो गर्न आह्वान गरेका छन्।
“Let’s come together for a great cause — every ticket helps support families affected by the floods.”

Leave a Reply

Your email address will not be published. Required fields are marked *