तनहुँ समाज यूकेले नेपाली मेलामा प्रस्तुत गरेको ‘लाईभ कौराहा’ले जित्यो प्रथम र झाँकीमा सान्त्वना पुरस्कार

लन्डन । तमुधिँ यूके को आयोजनामा १७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न भएको छ। मेलाको सफलतामा अध्यक्ष जुमकाजी गुरुङ, संयोजक तथा उपाध्यक्ष कमल गुरुङ सहित सम्पूर्ण आयोजक टोलीको अथक मेहनत, उत्कृष्ट समन्वय र प्रभावकारी नेतृत्वको महत्वपूर्ण भूमिका रहेको थियो।

यसैबीच, नेपाली मेला २०२६ मा तनहुँ समाज यूकेले सांस्कृतिक प्रस्तुतीतर्फ उल्लेखनीय सफलता हासिल गरेको छ। नृत्य विधा अन्तर्गत प्रस्तुत गरिएको ‘Live कौराहा’ प्रदर्शनले प्रथम स्थान हासिल गर्दै £600 नगद, मेडल तथा प्रशंसापत्र प्राप्त गर्न सफल भएको हो।

त्यसैगरी, झाँकीतर्फ पनि समाजले सान्त्वना पुरस्कार जित्दै £200 नगद, मेडल र प्रशंसापत्र हात पार्न सफल भएको छ। दुवै विधामा प्राप्त उपलब्धिले तनहुँ समाज यूकेको सक्रियता, एकता र सांस्कृतिक प्रतिबद्धतालाई थप उजागर गरेको छ।

यस सफलताप्रति खुशी व्यक्त गर्दै तनहुँ समाज यूकेका महासचिब महेन्द्र आलेले जानकारी दिनुहुँदै समाजका अध्यक्ष सन्त गुरुङ, सम्पूर्ण कार्यसमिति, संरक्षक, वरिष्ठ सल्लाहकार, सल्लाहकारहरू, क्षेत्रीय तथा भेगिय अध्यक्षहरू र सम्पूर्ण जिल्ला बासीको साथ, सहयोग र मार्गदर्शनका कारण यो उपलब्धि सम्भव भएको बताउनुभयो।

कौराहा प्रस्तुतीका गुरु मोहन वीर थापा सहित टोलीका महिला कलाकारहरू—सबिता राना, सरिना घले, माया मगर, याशिका थापा र रोनिशा आले—को योगदानलाई विशेष रूपमा सराहना गरिएको छ। साथै, झाँकीमा सहभागी सम्पूर्ण कलाकारहरूको सक्रिय सहभागिताले समाजलाई सम्मान दिलाएको उल्लेख गरिएको छ।कार्यक्रमपछि अध्यक्ष सन्त गुरुङले सम्पूर्ण कलाकार तथा सहभागीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रस्तुतीका लागि प्रेरित गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *