क्यान युकेको समुद्र भ्रमणप्रति बुद्धिजीबी इन्जिनियर आर. के. त्रिपाठीद्वारा व्यापक प्रशंसा

लण्डन — CAN UK द्वारा आयोजित हालैको समुद्री भ्रमण कार्यक्रमप्रति व्यापक प्रशंसा व्यक्त गरिएको छ। संस्थाका सल्लाहकार तथा अतिथि बुद्धिजीवी इन्जिनियर आर. के. त्रिपाठीले कार्यक्रमको सफल व्यवस्थापन र सामाजिक उद्देश्यप्रति कृतज्ञता व्यक्त गर्दै आयोजक टोलीको खुलेर सराहना गरेका छन्।एक कार्यक्रमका बीच बुद्धिजीवी इन्जिनियर आर. के. त्रिपाठीलाई सम्मान गरिएको हो।

त्रिपाठीका अनुसार, आदरणीय डेविड गुरुङ दाजु र बलराम ढकाल सरसहित सम्पूर्ण कार्यसमिति सदस्यहरूले कार्यक्रमलाई अत्यन्त व्यवस्थित र अर्थपूर्ण रूपमा सम्पन्न गराएका थिए। विशेषगरी समुद्र किनारमा ज्येष्ठ नागरिकहरूलाई सम्मानपूर्वक जलपानको व्यवस्था गरिएको कार्यलाई अत्यन्त सराहनीय र उदाहरणीय पहलको रूपमा लिइएको छ।

उक्त कार्यक्रमले केवल मनोरञ्जन मात्र नभई सामाजिक एकता, आपसी सद्भाव र ज्येष्ठ नागरिकहरूको सम्मानलाई पनि उच्च प्राथमिकता दिएको देखिन्छ। त्रिपाठीले कार्यक्रमको समग्र व्यवस्थापनबाट आफूले धेरै महत्वपूर्ण व्यवस्थापनसम्बन्धी अनुभव र सिकाइ प्राप्त गरेको उल्लेख गरेका छन्।

आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा प्रेरणादायी कार्यक्रमहरूमा आफू सदैव सहयोग, समर्थन र ऐक्यबद्धता जनाउन तयार रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

अन्त्यमा, डेविड गुरुङ, बलराम ढकाल तथा सम्पूर्ण समर्पित कार्यसमिति सदस्यहरूलाई पुनः धन्यवाद दिँदै CAN UK प्रति हार्दिक कृतज्ञता र ऐक्यबद्धता व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *