लण्डनमा तामाङ कला, संस्कृतिको ऐतिहासिक फेस्टिभल १ अगस्टमा हुदै राजु लामा सहितका कलाकारले , १ अगस्टमा लन्डन तताउने!

Screenshot

लन्डन । तामाङ समुदायको कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने लक्ष्यसहित आयोजना हुन लागेको ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ झन् रोमाञ्चक बन्दै गएको छ। चर्चित गायक राजु लामा बेलायत आइपुगेसँगै फेस्टिभलको माहोल तातेको छ।

मंगोलियन हर्टका प्रमुख गायक लामा यस ऐतिहासिक फेस्टिभलमा मुख्य आकर्षणका रूपमा प्रस्तुत हुँदैछन्। तामाङ समाज यूकेको आयोजनामा आगामी अगस्ट १, शनिबार लन्डनको ग्रीनफोर्डस्थित वुडल्यान्ड राइजमा हुने कार्यक्रमले नेपाली समुदायमा उत्साहको लहर ल्याएको छ।

तामाङ समाज यूकेका अध्यक्ष सुरेश वाइबाका अनुसार, लन्डनमा पहिलोपटक हुन लागेको यो फेस्टिभल तामाङ इतिहास, भाषा र संस्कृतिलाई विश्वसामु चिनाउने ऐतिहासिक अवसर हुनेछ। उनले सबै नेपाली तथा अन्य समुदायलाई सहभागी हुन विशेष आग्रह गरेका छन्।

महासचिव रोज दोङका अनुसार कार्यक्रमलाई भव्य बनाउन तीव्र तयारी भइरहेको छ। फेस्टिभलमा नेपालबाट आएका चर्चित कलाकारहरूको लाइभ प्रस्तुति, तामाङ संस्कृतिका झाँकी, परम्परागत नृत्य र स्वादिष्ट खानाका स्टलहरू रहनेछन्।

विशेष आकर्षणका रूपमा राजु लामा, विश्व दोङ, मनमाया वाइबा, जितु लोप्चनलगायत कलाकारहरूको प्रस्तुति रहनेछ, जसले कार्यक्रमलाई झनै भव्य बनाउने अपेक्षा गरिएको छ।

तामाङ समुदाय नेपालको एक प्रमुख आदिवासी जनजाति हो। यस्तो फेस्टिभलले विदेशमा बसोबास गर्ने नेपालीहरूबीच आफ्नो पहिचान जोगाउँदै सांस्कृतिक एकता बलियो बनाउने विश्वास गरिएको छ।कार्यक्रममा उपस्थितिका लागि आयोजक तामाङ समाज यूकेले सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *