लण्डन । सिरुबारी नासा यूकेले आगामी अगस्ट ९ तारिख एक विशेष सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ।कार्यक्रम अन्तर्गत दिनको ३ बजेबाट साँझ १० बजेसम्म निरन्तर सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रममा एमभिओ सम्मानबाट विभूषित क्याप्टेन टार्जन गुरुङ तथा रिडिङ काउन्सिलर प्रतीक्षा गुरुङलाई विशेष सम्मान गरिनेछ।
नेपालबाट सोपाल समाज यूकेको निमन्त्रणामा युके आउनु भएका सिरुबारीका लोकप्रिय व्यक्तित्व “हिरा” राजु गुरुङ लगायत युकेमा रहनु भएका सम्मानित व्यक्तित्वहरूलाई उक्त दिन सम्मान गरिने महासचिब धनबहादुर गुरुङले बताए।
सिरुबारी नासा यूकेले सम्पूर्ण सिरुबारीवासी तथा इस्टमित्रहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन आग्रह गरेको छ।
संस्थाका अध्यक्ष डेबिड गुरुङले समुदाय, संस्कार र एकताको प्रतीक
सबै सिरुबारीवासीलाई एकतामा बाँध्ने साझा प्लेटफर्ममा आउनुहोस्, कार्यक्रममा सहभागी भई आफ्नो पहिचान र सम्बन्ध अझ मजबुत बनाऔं भन्दै सबैलाई समय मिलाएर उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन हार्दिक अनुरोध गर्नुभएको छ।
कार्यक्रम आइतबार गोल्डेन सिप रेस्टुरेन्टमा हुने भएको हो सिरुबारी नासा यूके बेलायतमा बसोबास गर्ने सिरुबारीवासीहरूको साझा संस्था हो। सिरुबारी गाउँ (स्याङ्जा) नेपालकै पहिलो सामुदायिक होमस्टे पर्यटन गाउँ हो, जसले नेपालमा गाउँ पर्यटन (Village Tourism) को नयाँ सुरुवात गरेको मानिन्छ।
संस्थाले समुदायबीच एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई जोगाउँदै विभिन्न सामाजिक, सांस्कृतिक तथा परोपकारी कार्यक्रमहरू आयोजना गर्दै आएको छ।






