सुनसहित दुईजना विमानस्थलबाट पक्राउ

काठमाडौं, ६ साउन । विदेशबाट अवैधरुपमा ल्याएको सुनसहित दुईजनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । मंगलबार राति कतार एयरको उडानबाट दुबई हुँदै काठमाडौं आएका नवलपरासीका २३ वर्षीय रामचन्द्र थनेतलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले ८ सय ७५ ग्राम सुनसहित पक्राउ गरेको हो ।
भन्सार चेक गर्ने क्रममा डिभीडी प्लेयरको टासफर्म भित्रको क्वायलमा लुकाई छिपाई ल्याएको अन्दाजी ८ सय ७५ ग्राम सुन फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै फ्लाई दुबईको उडानबाट गएराति ८ बजे काठमाडौं आएका पर्वत बेटुलीबासका दिल्लीराम बश्याललाई पनि प्रहरीले पक्राउ गरेको छ । वश्यालले अन्दाजी ७ सय ५५ ग्राम सुन अवैध रुपमा लुकाई छिपाई ल्याएका थिए । पक्राउ परेका दुवैलाई थप अनुसन्धाका लागि बानेश्वर बृत्त पठाईको विमानस्थलस्थित सुरक्षा प्रहरी स्रोतले जनाएको छ ।