लन्डन । भूतपूर्व गोर्खा परिवारहरूको स्वास्थ्य र सामाजिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले समर भेटघाट कार्यक्रम ” आयोजना हुने भएको छ।
कार्यक्रम कम्युनिटी एण्ड नेचर (क्यान) इन्टरनेशनलले आयोजना गरिएको हो, जसको मुख्य उद्देश्य गोर्खा समुदायलाई एक ठाउँमा भेला गराई आपसी सम्बन्ध मजबुत बनाउनु तथा उनीहरूको समग्र कल्याणमा सहयोग पुर्याउनु हो।
यो विशेष कार्यक्रम ‘फादर्स डे’ को अवसर पारेर जुन २१, २०२६ (आइतबार) दिउँसो १२ बजेदेखि ४ बजेसम्म साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेन्टमा सञ्चालन हुनेछ।
कार्यक्रममा सहभागीहरूका लागि भोजन निःशुल्क उपलब्ध गराइने आयोजक क्यानका डा.बालाराम ढकालले बताए।कार्यक्रममार्फत नयाँ गोर्खा कम्युनिटी हब स्थापना गर्ने लक्ष्य पनि राखिएको छ, जहाँ भूतपूर्व सैनिकहरूले नियमित रूपमा भेटघाट, अनुभव आदान–प्रदान तथा विभिन्न सामाजिक तथा स्वास्थ्यसम्बन्धी गतिविधिमा सहभागी हुन सक्नेछन्।
यस प्रकारका कार्यक्रमहरूले सामाजिक एकता, मानसिक स्वास्थ्य तथा जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
आयोजक समिति एबम एनआरएन यूके प्रमुख संरक्षक डेभिड गुरुङलेसबै इच्छुकलाई सहभागिताका लागि अनुरोध गरेका छन्।
क्यान इन्टरनेशनलले केही वर्षदेखि बेलायतस्थित भूतपूर्व गोर्खा परिवार तथा नेपाली समुदायलाई लक्षित गरी विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ ।






