लण्डन । बेलायतमा बासी सापकोटा परिबारले एक जुट हुदै कोभेन्ट्रीमा बिशाल भेला गर्ने भएका छन्।
सापकोटा कल्याण केन्द्र यूकेको आयोजनामा दोस्रो बन्धु भेला आगामी जुलाई २७ सोमबार बिहान ६:बजे देखि बेलुका ६ बजेसम्म आयोजना हुने भएको हो ।
आयोजक समितिका अनुसार सम्पूर्ण सापकोटा बन्धुहरू, छोरी–ज्वाइँ, साथीभाइ तथा विभिन्न संघ–संस्थामा आबद्ध समाजसेवी व्यक्तित्वहरूलाई बिदा मिलाउन अनुरोध गरिएको सापकोटा कल्याण केन्द्र यूकेका अध्यक्ष गोनिन्द सापकोटाले लण्डन नेपाल न्यूज लाई बताए।
कार्यक्रमको सुरुवात बिहान रुद्री पूजा सहित ऋषि तथा कुलदेवी–देवताहरूको पूजा–आराधना बाट हुनेछ।
विदेश बसाइँका कारण बिस्तारै ओझेलमा परिरहेका पारिवारिक तथा सांस्कृतिक सम्बन्धलाई स्मरण गर्ने, साथै आफ्ना कुल–पितृहरूको सम्झना गर्ने विशेष दिन का रूपमा यस कार्यक्रमलाई लिइएको छ।
कार्यक्रमको विस्तृत तालिका तथा अन्य जानकारी आगामी हप्तासम्म सार्वजनिक गरिने आयोजक समितिले जनाएको छ।
कोभेन्ट्रीमा आयोजना हुने यस कार्यक्रममा सम्पूर्ण सापकोटा दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूलाई हार्दिक स्वागत छ।






