लण्डन । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निकाय निर्वाचनमा समाजसेवी ज्ञानप्रसाद गुरुङ स्वीन्डनको Parks ward Swindon Borough Council काउन्सिलर पदमा विजयी भएका छन् ।
सामाजिक काममा सक्रिय ज्ञानप्रसादले कन्जरभेटिभ पार्टी बाट स्वीन्डनको Parks ward Swindon Borough Council क्षेत्र बाट काउन्सिलर पदमा निर्बाचित बनेका हुन् ।
Conservative Parish पार्टीका उम्मेदवार गुरुङले ७९४ मत प्राप्त गर्दै काउन्सिलर निर्वाचित भएका हुन् ।

गण्डकी प्रदेश कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका-११ घान्द्रुक बराह घर भई हाल स्वीन्डन बस्दै आएका गुरुङले साढे चार वर्ष नेपाली समाज विल्टशायरको अध्यक्ष पदको जिम्मेवारी सम्हालेका थिए ।
भूतपूर्व ब्रिटिस आर्मी गुरुङले पन्ध्र वर्ष फस्ट रोयल गोर्खा राइफलमा सर्भिस गरेका थिए ।







