लन्डन।बेलायतको अल्डरसटमा गौरी शंकर’ प्रदर्शन भएको छ।
नेपाली कला, संस्कृति र मौलिकतालाई समेटेर निर्माण गरिएको चलचित्र ‘गौरी शंकर’ आइतबार अल्डरसटमा प्रदर्शन भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष राजेन्द्र पुडासैनी एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री,एनआरएन यूके पूर्व प्रमुख संरक्षक शेर सुनार,एनआरएनए यूकेका पूर्व उपाध्यक्ष रामचन्द्र पोखरेल,एनआरएन यूके पूर्व उपाध्यक्ष सुशिला राई र चलचित्र अभिनेत्री शोभा राणा पोखरेलले रिबन काटेर औपचारिक रुपमा उद्घाटन गरे। 
अतिथि हरुले गौरी शंकर’ हेरे पछि सुभकामना दिदै
चलचित्रलाई गतिलो प्रशंसा गरेका छन्।
अल्डरसटमा आयोजित शो ‘ दर्शकले रुचाउंदा आफू थप उत्साहित भएको अभिनेत्री शोभा राणा पोखरेलले बताइन।
यसअघि, वेल्सको कार्डिफ सहरमा सफल प्रदर्शन गर्दै दर्शकहरूको मन जितेको चलचित्रलाई अल्डरसटमा प्रदर्शन गरिएको हो।
विशेष उत्साह र आकर्षण देखिएको चलचित्रमा स्थानीय अभिनेत्री शोभा राणा पोखरेलको मुख्य भूमिका छ भने निर्देशक तथा अभिनेता आरबी खत्री, अभिनेता बिनोद श्रेष्ठ लगायत अन्य कलाकारहरूको उत्कृष्ट अभिनय छ।
विशेषगरी समसामयिक विषयवस्तुमा आधारित यो चलचित्रले नेपाली सिनेमा क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। दर्शकले रुचाउंदा आफू थप उत्साहित भएको चलचित्र ‘गौरी शंकर’ टिमले लण्डन नेपाल न्युज लाइ बताए ।
बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले एकसाथ बसेर हेर्न मिल्ने यो चलचित्रले नेपाली कला र संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।गौरी शंकर’ चलचित्र समय सान्दर्भिक र वास्तविक घट्नामा अधारित रहेको दर्शक श्रोताहरुको भनाई रहेको थियो।उक्त चलचित्र बेलायतका अन्य शहरमा प्रदर्शनको तयारी छ।







