लन्डन । पूर्व सांसद डा.अमरेश कुमार सिंह बेलायत आएका छन् ।नेता सिंह निजी भ्रमणका शिलशिलामा श्रीमति लक्ष्मी कुमारी जोशीका साथ बुधबार राती लन्डन आइपुगेका हुन्।

लन्डन हिथ्रो विमानस्थलमा उनलाई एन आर एन यूकेका प्रमुख सल्लाहकार एबम काग्रेस नेता समाजसेवी आर के त्रिपाठी,मधेसी समाज यूकेका नेता भाग्य नारायण यादव, उदय सिंह, दिलीप महासेठ,लगायत टीमले स्वागत गरेको थियो ।
विमानस्थलमा नेता सिंहले नेपाललाई सबैको गन्तव्य मुलुक बनाउनु पर्नेमा जोड दिँदै डायस्पोरामा रहेका नेपाली समुदायलाई आग्रह गरे ।
उनले बेलायतको विकासबाट नेपालले सहयोग लिएर नेपाललाई विकसित गर्नतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याए । बेलायत आएर साथीभाइ र आफन्त भेट्न पाउँदा खुसी लागेको भन्दै स्वागतका लागि एयरपोर्ट पुग्ने सबैलाई धन्यवाद दिए ।

नेता सिंह १३ जनवरी २०२६ सम्म बेलायत रहने गरी भ्रमणमा आएको समाजसेवी तथा नेता आरके त्रिपाठीले लन्डन नेपाल न्यूजलाइ बताए। सिंहले बेलायत रहँदा यहाँको मानवअधिकार, सुशासन, यातायात लगायत विकास अबलोकन गर्नेछन्।






