लन्डन- बेलायतस्थित नेपाली समुदायका लागि पहिलोपटक सामुदायिक पौडी प्रतियोगिता ‘नेपाल स्विमिङ गाला २०२५’ आयोजना हुने भएको छ। प्रतियोगिता आगामी २० डिसेम्बर २०२५ (शनिबार) साँझ ६:०० बजेदेखि ९:०० बजेसम्म सञ्चालन हुनेछ।
नेप्लिज ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेको आयोजना तथा नेपाल रन यूके, स्विमर्सबोल्ट्स र एनएनआईपीए यूकेको सहकार्यमा स्विमिङ गाला हुन लागेको हो।
आयोजकका अनुसार बेलायतमा धेरै अभिभावकहरूले आफ्ना बालबालिकालाई पौडी सिक्न प्रेरित गरिरहेका भए पनि उनीहरूले आफ्नो फिटनेस र सीप प्रदर्शन गर्न पाउने मञ्च अत्यन्त सीमित छ। यही आवश्यकता महसुस गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो।
ओलम्पिकमा भाग लिने पहिलो नेपालकी चर्चित पौडी खेलाडी गौरिका सिंह पनि अतिथिका रुपमा पौडीने बालबालिकालाई हौसला दिन नोर्थोल्टमा‘नेपाल स्विमिङ कार्यक्रममा आउने भएकी हुन्
सहभागी पौडी खेलाडीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने, आत्मविश्वास बढाउने र उपलब्धि मनाउने अवसर प्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रममा
६७ जना बालबालिकाले प्रतिस्पर्धा गर्ने एनबीसी यूकेका कोडिनेटर समिर नाथ प्याकुरेलले लण्डन नेपाल न्यूज लाई बताए।
साथै, खेलकुदमार्फत बेलायतस्थित नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्दै एकता र सहकार्यको भावना विकास गर्नु पनि कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ।
आयोजक संस्थाहरूले यस पहिलो प्रयासलाई सफल बनाउन सबैलाई सहभागिता जनाउन र हौसला प्रदान गर्न आग्रह गरेका छन्।
Nepal Swimming Gala 2025 – Northolt Leisure Centre, Northolt






