लन्डन- आधुनिक शिक्षण प्रणालीलाई प्रविधिसँग जोड्दै व्यक्तिगत सिकाइलाई प्राथमिकता दिने उद्देश्यका साथ निर्माण गरिएको शैक्षिक सफ्टवेयर टेडुनेटले लन्डनमा आफ्नो सफ्टवेयर सार्वजनिक गरेको छ। लन्डनमा आयोजित पत्रकार सम्मेलनमार्फत टेडुनेटले आफ्नो सफ्टवेयरबारे जानकारी दिएको छ ।
कार्यक्रममा टेडुनेटका संस्थापक सुमित र नितेश ले सफ्टवेयरको अवधारणा, उद्देश्य र भविष्यका योजनाबारे जानकारी गराउँदै परम्परागत शिक्षा प्रणालीले सबै विद्यार्थीको आवश्यकता सम्बोधन गर्न नसकेको अवस्थाबाट टेडुनेटको सुरुवात भएको बताए। “शिक्षा सबैका लागि समान हुनुपर्छ भन्ने मान्यताबाट टेडुनेट जन्मिएको हो। प्रविधिको सही प्रयोगमार्फत विद्यार्थीको सिकाइ शैलीअनुसार शिक्षा प्रदान गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो,” संस्थापकले भने।
टेडुनेट सन् २०२५ मा सुरु भएको प्लेटफर्म हो, जसले परम्परागत शिक्षण विधि र आधुनिक डिजिटल टुल्सलाई एकै प्लेटफर्ममा संयोजन गरेको छ। सुरु भएदेखि नै टेडुनेटले विद्यार्थीलाई उनीहरूको शैक्षिक लक्ष्य हासिल गर्न सहयोग गरिसकेको संस्थापक नितेश र सुमितले को दाबी छ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार टेडुनेटको टिममा विभिन्न प्रमुख विषयका अनुभवी शिक्षक तथा प्रविधि विज्ञहरू संलग्न छन्। उनीहरू सबै गुणस्तरीय शिक्षा र सिकाइलाई प्रविधिसँग सन्तुलनमा राख्ने उद्देश्यका साथ काम गरिरहेका छन्।
कार्यक्रममा बोल्दै टेडुनेटका संस्थापकहरू नितेश र सुमितले ले टेडुनेट केवल एउटा सफ्टवेयर मात्र नभई शिक्षा क्षेत्रमा प्रविधिको जिम्मेवार प्रयोगको उदाहरण भएको उल्लेख गरे। “प्रविधिले शिक्षा सहज बनाओस्, तर शिक्षक र विद्यार्थीबीचको मानवीय सम्बन्ध कमजोर नहोस् भन्ने हाम्रो मूल दर्शन हो,” उनले जोड दिए।






