लण्डनमा माया कम्पनीले गर्र्यो आफ्ना कर्मचारी र खेलाडीलाई अवार्ड प्रदान

लन्डन । लन्डनमा माया सपोर्टेड लिभिङ लि.र’माया क्रिकेट क्लव आवद्ध उत्कृष्ट खेलाडी र कर्मचारीहरुलाई माया इभेन्ट्सले माया गाला डिनरसहित अवार्ड प्रदान गरेको छ।शुक्रबार प्रमुख अतिथी बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी उपस्थित समारोहमा हेजस्थित क्लेरिटियन ओसिस हलमा आयोजित समारोहमा ‘माया  आवद्धहरुलाई पुरस्कृत गरियो।युवा उद्यमी दम्पत्ति राज पाण्डे र डा. रक्षा थापाद्वारा सञ्चालित माया सपोर्टेड लिभिङ लि., माया क्रिकेट क्लव र माया इभेन्ट्स  सञ्चालित कम्पनी हुन् । यसबाहेक राष्ट्रिय पोशाक घर पनि सञ्चालित छ ।

समारोहमा माया सपोर्टेड लिभिङतर्फ ब्राइट बिगिनर्स अवार्ड विवेक चन्दले पाए भने साइनिङ स्टार अवार्ड मार्गरेट इमेम थम्पसनलाई दिइयो ।

त्यसैगरि, स्पेशल रिकग्निशन अवार्ड प्रकृत पाण्डे, अफिस जेनियस अवार्ड प्रकाश विष्ट र इम्प्लोइ अफ दि इयर अवार्ड बिपु कार्कीले पाएका छन् ।

माया क्रिकेट क्लवतर्फ आउटस्ट्याण्डिङ इनिङ अफ द सिजन अवार्ड अमित कुश्वा, वेष्ट फिल्डर अवार्ड सचिन शर्मा, वेष्ट बलर अवार्ड सन्देश पाण्डे, वेष्ट ब्याट्सम्यान अवार्ड नवीन तामाङ, ट्यालेन्ट अफ द सिजन अवार्ड निर्भिक पाठक र प्लेयर अफ द सिजन अवार्ड प्रकाश विष्टले पाए ।कम्पनीका निर्देशकद्वय राज पाण्डे र डा. रक्षा थापा, अतिथीहरु हरि भट्ट, विकास नेपाल, टंक भट्टराई, जेनिस गिरी, सुनिल थापा, राजन खकुराल लगायतले विजेतालाई ट्रफी, गिफ्ट ह्याम्पर र भौचर प्रदान गरेका थिए ।

सिविरा लामा रुइतले सञ्चालन गरेको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले राज पाण्डे र डा. रक्षा थापाले व्यवसायमात्र नभई सामाजिक सेवामा समेत गरेको निस्वार्थ कार्यप्रति सम्मान व्यक्त गरे ।

कार्यवाहक राजदूत दुवाडीले पाण्डे दम्पत्तिको क्रिकेट खेल विकास र खेलाडी प्रोत्साहनमा अतुलनीय योगदानको कदर गर्दै उनीहरुले हेटौंडामा बनाउन लागेको स्पोर्टस् सेन्टरको शुभकामना समेत दिए ।दुवाडीले नेपाल समृद्धिका लागि डायष्पोरा र विशेषगरि युवा पुस्ताको उल्लेखनीय सहयोग आवश्यक रहेको पनि औंल्याए।

सो अवसरमा राज र रक्षाले प्रमुख अतिथी दुवाडीसहित अतिथीहरुको सम्मान गरेका थिए । संक्षिप्त मन्तव्यका क्रममा डा. रक्षा थापाले समस्त कर्मचारीहरुको साथ सहयोगकै कारण आफूहरु कम्पनी सञ्चालन गर्न सफल भएको बताउंदै थप प्रोत्साहनका लागि कर्मचारी र खेलाडीलाई अवार्ड प्रदान गरिएको बताइन् । उनले यस खालका इभेन्टले रोजगारदाता र कर्मचारीबीचको आत्मीय सम्बन्ध झल्काउने पनि उल्लेख गरिन् ।

सहभागी अतिथी र कर्मचारीहरुलाई स्वागत गर्दै राज पाण्डेले आफ्नो कम्पनीमा कार्यरत सबैजना पारिवारिक सदस्य जस्तै भएको बताए ।

फेबुअरी २०१९, २०२१ तारिखदेखि सेवा दिन थालेको माया सपोर्टेड लिभिङका अहिले झण्डै दर्जन शाखा छन् । मायाले लर्निङ डिसेबलिटी, अटिजम, मेन्टल हेल्थ (डिमेन्सिया) जस्ता बिरामीलाई ‘सपोर्ट’ 
गर्ने काम गर्छ । यस कम्पनीमा सयौं नेपाली तथा विदेशी कार्यरत छन् ।

उता, माया क्रिकेट क्लवले पनि नेपालबाट भर्खर आएका र बेलायतमै रहेका खेलाडीलाई देश विदेशमा खेल अवसर, प्रशिक्षण, पुरस्कार आदि प्रदान गर्दै आएको छ ।