सम्मान कार्यक्रमका सहभागीलाई लण्डन नेपालको धन्यवाद

लण्डन ,

लण्डन नेपाल न्यूज डटकमले पत्रकार कविर राणाको सम्मान कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेको छ । प्रधानसम्पादक शिव भण्डारीले मंगलबार एक विज्ञप्ती जारी गर्दै सो कार्यक्रममा उपस्थित बेलायतस्थित पत्रकार, राजनीतिकर्मी लगायत सबैलाई धन्यवाद दिएका हुन ।

london nepal news 031

लण्डनबाट सञ्चालित लण्डन नेपाल न्यूज डटकमले यसअघि गत आइतबार पत्रकार राणाको सम्मानमा लण्डनस्थित ब्लु अर्किड रेष्टुरेन्टमा एक कार्यक्रम आयोजना गरेको थियो । अहिले बेलायतको भ्रमणमा रहेका देशान्तर साप्ताहिकका प्रधानसम्पादक राणाले नेपाली पत्रकारिताका क्षेत्रमा पुरयाएको योगदानको कदरस्वरुप सो सम्मान गरिएको हो । राणाको सम्मान कार्यक्रममा बेलायत कांग्रेस आबद्ध नेताहरु विश्वआदर्श पण्डित र विज्ञान प्रसाई, पूर्व डिएसपी एवम लेखक शिबजी श्रेष्ठ लगायतको उपस्थिति थियो । त्यसैगरी पत्रकारहरु नविन पोखरेल, चिरन शर्मा, राजकुमार थापा, रञ्जित बस्नेत, नृपेश उप्रेती, जेनी भट्टराई र प्रमिला केसीको पनि कार्यक्रममा सहभागिता थियो ।