लण्डनमा रोमान्चक बन्यो‘दसैँ–तिहार झोला कप’ हेज एफ सी ले जित्यो उपाधि

लन्डन ।लण्डनमा नेपाली समुदायबीच सौहार्दपूर्ण खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘दसैं–तिहार झोला कप’ १२ अक्टोबरमा वेम्ब्लीस्थित प्रेस्टन म्यानर स्कुलको खेलमैदानमा सम्पन्न भएको छ।

प्रतियोगितामा दुई समूह—समूह ‘ए’ र समूह ‘बी’—का गरी कुल छ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा Hayes FC विजेता र Northolt FC उपविजेता भएको छ ।

विजेता टोलीले पाँच सय पाउन्ड र उपविजेता टोलीले तीन सय पाउन्ड पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिताका खेल संयोजक थमु वाइवा रहेका थिए।रोज लामाले संचालन गरेको कार्यक्रममा धादिङ नुवाकोट समाज यूकेका अध्यक्ष धनबहादुर तामाङ (पाख्रिन) प्रमुख अतिथी थिए । पाख्रिनले कार्यक्रममा बोल्दै फुटबल खेल बेलायत बस्ने नेपाली युबाहरु लोकप्रिय बन्दै गएको भन्दै खुशी व्यक्त गरे ।उनलेविजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गर्दै खेलकुदले परदेशमा पनि नेपालीबीचको एकता र भाईचारा अझ बलियो बनाएको बताए ।

समापन कार्यक्रममा आयोजक थमु वाइवा सहित बिशाल तामाङ अतिथिहरु तामाङ घेदुङ्ग केन्द्रिय उपाध्यक्ष कुमार स्याङ्तान तामाङ घेदुङ यूके केन्द्रिय सचिव बिशाल श्याङ्बो तामाङ लगायत प्रतिनिधिहरूले सम्बोधन गरेका थिए।

खेलपछि आयोजक समितिले सबै खेलाडी, अतिथि तथा टिम प्रतिनिधिहरूका लागि रात्रिभोजको विशेष व्यवस्था गरेको थियो।