लण्डन
नेपालको महाभूकम्प पछि को पर्यटकीय क्षेत्रलाइ प्रबर्धन एवं पर्यटन योग्य का लागि प्रचार प्रसार गराउने उदेश्यलिएर लन्डन स्थित नेपालका लागि संयुक्त अधिराज्य र गणतान्त्रिक आयरल्याण्डको राजदुताबास ले यहि जुलाई १३, २०१५ का दिन आयरल्याण्ड को राजधानी डब्लिनमा भब्य कार्यक्रम को आयोजना गरेको छ
/
आयरल्याण्डको सबै भन्दा पुरानो संस्था नेपाल आयरल्याण्ड समाज (Nepal Ireland Society ) को संयोजकत्वमा आयोजना भएको उक्त समारोहमा डब्लिन लोर्ड मयोर कौन्शिल्लर ग्रेग केल्ली को प्रमुख अतिध्यमा भएको थियो / विभिन्न क्षेत्रबाट नेपालका सुभचिन्तक तथा नेपाल भ्रमण प्रेमी आइरिश मित्र हरुको राम्रो उपस्थित भएको उक्त कार्यक्रममा नेपालको पर्यटकीय क्षेत्रमा बृहत अन्तरक्रिया भएको थियो /
उक्त समारोहमा आयरल्याण्ड र संयुक्त अधिराज्यका कार्यबाहक राजदुत तेजबहादुर क्षेत्री ले उपस्थित अतिथि र आगन्तुक सबैलाई स्वागत गर्नु हुदै माहा भुकम्प पछी को नेपाल सरकारको पर्यटन अवाधराना परस्तुत गर्नु भयो/ वहाले हालसम्म आइरिश समुदाय र आइरिश सरकारले गरेको सहयोग र सदभावका लागि नेपाल सरकार र आयोजक तर्फ बाट हार्दिक धन्यबाद टकराउदै नेपाल घुम्न अयोग्य छ भन्ने भ्रम लाई सरकारी तथा नागरिक तह बाट मेटाउनका लागि सहयोगको अपेक्षा प्रकट गर्नु भयो /
नेपाल आयरल्याण्ड समाज का अधक्ष्य तथा आयार्ल्यान्ड़का लागि पर्यटन बोर्डका प्रतिनिधी दीपेश मान शाक्य ले हालै आएको महाभूकम्प ले गरेको पर्यटकीय तथा मानबिय क्ष्यति सम्बन्धि बिबरण कम्प्युटर प्रोजेक्टरमार्फत प्रस्तुत गर्नुको साथै नेपाल को पर्यटकीय स्थल हरु केहीमात्रामा (करिब १५%) मात्र भूकम्पको असरमा क्ष्यतीग्रस्त भएका र बाकी सबै क्षेत्रहरु भ्रमण योग्य भएको चित्रण प्रस्तुत गर्नु भयो / वहाले आइरिश समुदाय ले नेपाल आयरल्याण्ड समाज मार्फत हालसम्म नेपालका भुकम्प पिडित लाई गरेको सहयोग प्रति कृतज्ञता ब्यक्त गर्दै त्यति ले मात्र दुरगामी रुपमा समस्या समाधान नहुने तर पर्यटन क्षेत्र नेपालको आर्थिक मेरुदण्ड भएकाले समुदाय मा नेपाल घुम्न योग्य छ भन्ने संदेश फैल्याई उपस्थित सबैलाई आफ्नु अनुकुलमा सिघ्र नेपाल भ्रमण का लागि निम्तो दिनु भयो /
उक्त कार्यक्रम मा आरिश सरकार का पूर्व विदेश राज्य मन्त्रि तथा हालका TD (संसद सदस्य ) जो कोस्तेल्लो (Joe Costello )ले नेपालमा भुकम्पको कारणले भएको धन जनको क्ष्यति प्रति चिन्ता ब्यक्त गर्दै नेपाल र नेपाल सरकारको सहयोगका लागि सरकारी तबरबाट पहल गर्न आफुलागि पर्ने र दुरगामी रुपमा नेपाल सरकार र आइरिश सरकार संग दुइ देशको आर्थिक , सामाजिक र राजनैतिक रुपमा पारस्परिक सम्बन्ध बिकाश गर्न आइरिश संसदमा एक संसदीय टीम खडा गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो /
अलिसोन इर्विन (Alison Irwin)ले संचालन गर्नुभएको उक्त कार्यक्रममा अन्य बक्ता हरुमा पूर्व डब्लिन लोर्ड मेयोर तथा यूरोपीयन संसद सदस्य , एमर कोस्तेल्लो( Emmer Costello ) , लोर्ड मेयोर प्रतिनिथी ग्रेग केल्ली ले नेपालको पर्यटन बिकाश प्रति चासो राख्दै यसका लागि व्यक्तिगत तथा सस्थागत रुपमा सहयोग गर्न लागि पर्ने कुरा जाहेर गरउनु भएको थियो /
कार्यक्रम को अन्तिम मा नेपाल आयरल्याण्ड समाजका महासचिब गंगाराम कंडेल ले उपस्थित अतिथि गण तथा आगुन्तुक सबैलाई नेपालको पर्यटन प्रबर्दन हेतु आयोजना भएको यस कार्यक्रमका लागि दिनुभएको योगदान प्रति हार्दिक धन्यवाद प्रकट गर्नु भयो / वहाले यस किसिमका कार्यक्रम ले नेपाल मा भएको भुकम्प कारण ले नेपाल को भ्रमण सम्बन्धमा बिदिशी जना मानसमा भएको भ्रम लाई मेट्दै अवश्य पनि आरिश पर्यटक को ब्रिद्दि हुने आशा ब्यक्त गर्नु भयो /
नेपाली राज्दुताबाश र नेपाल आयरल्याण्ड समाजको तत्वाधान मा सम्पन्न उक्त कार्यक्रम अलावा नेपाली कार्यबाहक राजदुत तेज बहादुर छेत्री ले आरिश सरकारको निम्तोमा आरिश स्वतन्त्र दिवश को स्मृति सभामा भाग लिनु भएको थियो / साथै वहाले विदेश मन्त्रालय अन्तर्गत को एशिया प्यासिफिक क्षेत्रकी निर्देशक .मीव कोलिंस (Meave Collins ) संग वहाको कार्य कक्षमा भेट बार्ता गर्नु भएको थियो /






