अष्ट्रेलियामा दशैं टिकाको शुभसाइत कतिबेला ?

सिड्नी । नेपाली हिन्दु समाज अष्ट्रेलियाले  विभिन्न शहरहरुमा यसवर्षको घटस्थापना र विजयादशमी टीकाको शुभसाइत सार्वजनिक गरेको छ । अन्तराष्ट्रिय पञ्चाङ्ग निणर्य समितिको आधारमा समाजले एक सार्वजनिक सुचना जारी गर्दै दुवै कार्यका लागि शुभ साईतको तिथि मिति सार्वजनिक गरेको हो । समितिले यस वर्ष दशैंको टिकाको लागि अक्टोबर २ तारिख रहेको जनाएको छ। विभिन्न शहरहरूका लागि टिकाको साईत यसप्रकार रहेको छ: यस अनुसार सिड्नीमा बिहान ११:४३ बजे, मेलबर्नमा ११:१८ बजे, ब्रिस्बेनमा ११:५३ बजे, एडिलेडमा ११:३५ बजे, क्यानबेरामा ११:५१ बजे, तास्मानियामा ११:४५ बजे, पर्थमा ११:२५ बजे र डार्विनमा ११:४७ बजे  उत्तम साईत रहेको छ।

नेपाली हिन्दु समाज अष्ट्रेलियाले अस्ट्रेलियाका पण्डित प्रकाश ढोडारीका अनुसार , “टिकाको शुभ साईत सुरु भइसकेपछि दुर्गा भवानीको प्रसाद दिनभरि मान्यजनको हातबाट लगाउन शुभ नै रहने छ । टिका ग्रहण गर्दा पूर्वतर्फ फर्कनु उपयुक्त हुनेछ।” उनको भनाइअनुसार सूर्य उदय हुने समय र ज्योतिषीय गणना अनुसार नै साईत निर्धारण गरिन्छ। यस वर्ष सम्पूर्ण अष्ट्रेलियामा रहेका नेपालीहरूले आ-आफ्ना स्थानहरूमा निर्धारित समयमा टिका लगाउन सक्नेछन्।

नेपाली हिन्दु समाज अष्ट्रेलियाले सबै नेपालीहरूलाई आ-आफ्ना शहरहरूमा निर्धारित समयमा टिका ग्रहण गर्न आग्रह गरेको छ।  यो पर्वलाई नेपाली संस्कृति र परम्पराको संरक्षणको लागि महत्त्वपूर्ण अवसरको रूपमा लिइएको छ भने सामूहिक रूपमा टिका कार्यक्रमहरू पनि आयोजना गरिएको जनाइएको छ।